Home समाचार अन्तर्राष्ट्रिय पञ्जाबका मुख्यमन्त्री सिंह लिए सपथ

पञ्जाबका मुख्यमन्त्री सिंह लिए सपथ

0

जनकपुरधाम , चैत २ गते ।

आम आदमी पार्टीका नेता भगवन्त मानले बुधबार पञ्जाबको मुख्यमन्त्री पद तथा गोपनियताको शपथ लिएका छन् । उनको शपथ ग्रहण समारोह पञ्जाबको नवांशहरस्थित भगत सिंहको जन्मभूमि खटकड कलानमा आयोजना गरिएको छ ।

राज्यपाल बनवारीलाल परोहितले भगवन्त मानलाई पद तथा गोपनीयताको शपथ गराएको भारतीय सञ्‍चारमाध्‍यमले जनाएको छ ।

भगवन्त मानले पञ्जाबी भाषामा भगवानको नाममा शपथ लिए । उनी प्रदेशको १७औं मुख्यमन्त्री हुन्। अहिले उनले मात्रै शपथ लिएका छन् भने अन्य मन्त्रीलाई शपथ ग्रहण गराइएको छैन ।

उक्त अवसरमा खटकर कलानमा ठूलो संख्यामा मानिसहरु पुगेका थिए । नयाँ मुख्यमन्त्रीको अपीलअनुसार धेरैले पहेँलो पगरी र पहेँलो दुपट्टा लगाएका थिए । मुख्यमन्त्री मानले भगत सिंहको पहेँलो पगरीको स्मरणस्वरूप यस्तो अपील गरेका थिए । उनी आफैं पनि पहेंलो पगरी पहिरिएर शपथग्रहण समारोहमा उपस्थित थिए ।

कार्यक्रममा कोही पनि विशिष्ट अधिकारीहरद्याई निमन्त्रणा नगरिएको खबर छ । तर, समारोहमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल भने उपस्थित थिए ।

पञ्जाब विधानसभा चुनावमा आम आदमी पार्टीले पूर्ण बहुमत ल्याएको छ । मार्च १० मा आएको नतिजामा पार्टीले पञ्जाबमा ११७ सिटमध्ये ९२ सिट जितेको थियो। त्यस्तै, कांग्रेसले १८, भाजपाले २ र अकाली दलले ३ सिट पाएका छन् ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version