Home मधेश प्रदेश महोत्तरीकाे सम्सी गाउँपालिकाका लेखापाल राउत १ लाख २५ हजार घुस...

महोत्तरीकाे सम्सी गाउँपालिकाका लेखापाल राउत १ लाख २५ हजार घुस रकम सहित रंगेहात पक्राउ

0

राकेश साह

२० असार , जनकपुरधाम । महोत्तरीकाे सम्सी गाउँपालिकाका लेखापाल रौशन कुमार राउतले १ लाख २५ हजार घुस रकम सहित पक्राउ परेका छन् ।

सम्सी गाउँपालिका वडा नं. ५ मा संचालन भएको कोभिड-१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न पश्चात उक्त कार्यक्रमको भुक्तानी दिन सेवाग्राहीसँग घुस मागेेका थिए ।

सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएका टोलीले बुधबार  उनलाई पक्राउ गरेकाे छ ।

राउत र कार्यालय सहयोगी घरिन यादवलाई सेवाग्राहीबाट एक लाख पच्चीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित सम्सी गाउँपालिकाको कार्यालयबाट बुधबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान  आयाेग टंगालले जनाएको छ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version