Home समाचार जिप्रका महोत्तरीका लेखापाल विष्ट उपर रु. २ लाख बिगाे सहित...

जिप्रका महोत्तरीका लेखापाल विष्ट उपर रु. २ लाख बिगाे सहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

0

२० असार , काठमाडौं । जिल्ला प्रहरी कार्यालय जलेश्वर महोत्तरीका (लेखापाल) प्रहरी नायब निरीक्षक बिनोद बिष्ट माथि अख्तियार दुरुपयोग अनुसंधान आयाेग टंगालले रु. २ लाख बिगाे कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी कसुरमा विशेष अदालतमा आरोप-पत्र दायर गरेकाे छ ।

भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएकाे टोलीले बिष्टलाई सेवाग्राहीबाट रु.दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा जिल्ला प्रहरी कार्यालय, जलेश्वर महोत्तरीका लेखापाल विष्टले भवन निर्माणको म्याद थप र भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग रु.२ लाख रिसवत माग गरी लिएको हुदाँ उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)(घ) मा उल्लिखित विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)(घ) बमोजिम कैद र विगो बमोजिम जरिवानाको मागदावी सहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयाेगका प्रबक्ता भाेला दहालले जनाएको छ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version