राकेश साह
१६ असार , जनकपुरधाम। महाेत्तरीकाे साेनमा गाउँपालिकाले साताैँ गाउँसभाबाट आर्थिक वर्ष २०८०/०८१ काे नीति तथा कार्यक्रम प्रस्तुत गरेकाे छ ।
गाउँपालिकाकाे अध्यक्ष विशेश्वर यादवले गाउँपालिकाका सभा हँलमा आयाेजना भएकाे साताैँ गाउँसभाबाट समुन्नत , समृद्ध र सभ्य साेनमा गाउँपालिकाकाे नारा सहित आ.व. २०८०/०८१ काे ४५ कराेड ७९ लाख ६ हजार बजेट प्रस्तुत गरेका थिए । अध्यक्ष यादवले मधेश आन्दोलनमा सहादत प्राप्त गरेका र नेपालका वीर सहिदहरू प्रति सम्मान व्यक्त गरि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
नीति तथा कार्यक्रममा आम्दानी तर्फ आन्तरिक श्राेतबाट २० लाख , वित्तीय समानीकरण अनुदान ( संघीय सरकार ) बाट ११ कराेड २० लाख , राजस्व बाँडफाँड ( संघीय सरकार ) बाट १० कराेड ५ लाख ४३ हजार , वित्तीय समानीकरण अनुदान ( प्रदेश सरकार ) बाट ८२ लाख ५३ हजार ,सशर्त अनुदान ( संघीय सरकार ) बाट १५ कराेड ५५ लाख , सम्पुरक अनुदान (संघीय सरकार ) बाट ७५ लाख , विशेष अनुदान ( संघीय सरकार ) बाट ७० लाख ,राजस्व बाँडफाँड ( प्रदेश सरकार ) बाट ४० लाख , सम्पुरक अनुदान ( प्रदेश सरकार ) बाट २० लाख , विशेष अनुदान( प्रदेश सरकार )बाट ३० लाख , सडक बोर्डबाट ३० लाख र मालपोत रजिस्ट्रेशनबाट १० लाख प्राप्त हुने अनुमान गरिएकाे छ ।
यस्तै आ.व. २०७९/०८० बाट ३ कराेड ५० लाख गरि जम्मा रू ४५ कराेड ७९ लाख ६ हजार रकम बिनियाेजन गरिएको छ ।
कृषि क्षेत्रमा प्रभावकारी आन्तरिक र बाह्य लगानी आकर्षित एवं परिचालन गरि गाउँपालिकाकाे एकीकृत कृषि विकासमा जाेड दिइने , विद्यालयहरूकाे आधुनिकीकरण , प्रबिधि मैत्री अनुगमन , गुणस्तरीय शिक्षा प्रदान गर्ने र ऐतिहासिक , पाैराणिक र धार्मिक महत्त्व वाेकेकाे गाउँपालिका क्षेत्रकाे पर्यटनको विकास मार्फत राेजगारी सिर्जना गरि गाउँपालिकालाई घुमफिरका लागि नमुनाका रूपमा विकास गर्ने लगायतका उदेश्य सहित कार्यक्रमा ल्याएको छ ।
शिक्षा गुरुयाेजनाकाे कार्यन्वयन तथा शिक्षा क्षेत्रकाे समग्र विकास निम्ति समुदायिक विद्यालयहरूकाे आधुनिकीकरण , प्रबिधि मैत्री तथा गुणस्तरीय शिक्षाकाे लागि वातावरण तयार गर्ने , कृषि गुरुयाेजनाकाे कार्यन्वयनकाे माध्यमबाट कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्ने , सभ्य समाज र विधिमा संचालन हुने संगठन निर्माण , विपद व्यवस्थापन र संक्रामक राेग नियन्त्रण , दिगो तथा बहुउपयाेगी भाैतिक पुर्वाधार निर्माण लगायतका प्राथमिकताहरू बजेटमा समावेश गरिएकाे छ ।
सभा अधिवेशनमा गाउँपालिका उपाध्यक्ष जहिदा खातुनले आफ्नाे स्वागत तथा अभिनन्दन मन्तव्य राखेकी थिइन् ।
कार्यक्रमकाे संयाेजन गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार मिश्रले गरेका थिए । भने व्यवस्थापन लेखा प्रमुख सागर यादव र शिक्षा स-संयाेजक धर्मेन्द्र यादवले गरेकाे थियो । कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा प्रतिनिधि सभा सदस्य , महोत्तरी क्षेत्र न.४ काे महेन्द्र यादव हुनुहुन्थ्यो । विशिष्ट अतिथिकाे रूपमा गाउँपालिकाकी उपाध्यक्ष जहिदा खातुन थिइन् ।
यस्तै बीआेपी रघुनाथपुरकाे सस्त्र प्रहरीका डिएसपी माेहन केसी , नेपाल प्रहरी , कार्यपालिका सदस्य , गाउँका भद्रभलादमी , कर्मचारी , संचारकर्मी र सर्व साधारणकाे उपस्थिति रहेकाे थियोे ।
नीति तथा कार्यक्रम ( पूर्ण पाठ )
Sonama budget_compressed (1)