Home समाचार सबैला नगरपालिकाकाे बजेट ५८ करोड ८८ लाख ( पूर्ण पाठ सहित...

सबैला नगरपालिकाकाे बजेट ५८ करोड ८८ लाख ( पूर्ण पाठ सहित )

0

असार ९,जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

सबैलाको दुर्गा मन्दिर प्राङ्गनमा आयोजित नवौं नगर सभामा नगर उप प्रमुख रहिमा खातनुनले शुभकामना संन्देश दिएका थिए भने नगर प्रमुख कारी राम यादवले अगामि आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रम कार्यान्वयनको लागी संघिय सरकारवाट राजश्व बाँडफाँड ११ करोड ५५ लाख ८ हजार , समानिकरण अनुदान १३ करोड ७८ लाख , सशर्त अनुदान २३ करोड ३ लाख गरी जम्मा ४८ करोड ३६ लाख ८ हजार , प्रदेश सरकारवाट समानिकरण अनुदान १ करोड २ लाख, विशेष अनुदान ३० लाख , समपुरक अनुदान २० लाख गरी जम्मा १ करोड ५२ लाख ८७ हजार र आन्तरीक श्रोत ९ करोड गरि कुल ५८ करोड ८८ लाख ९५ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

समावेशी , समानुपातिक विकासकाे अवधारणामा भाैतिक पूर्वाधार एंव सामाजिक क्षेत्रमा लगानी वृद्धिगरी आर्थिक तथा सामाजिक विकास अगाडि बढाउने , लक्षित तथा गरिव वर्गका लागि विशेष कार्यक्रम मार्फत आर्थिक , सामाजिक उन्नति , पहुँचमा वृद्धि गर्ने , नगरपालिका क्षेत्र भित्रका उद्यमी व्यापारीहरूकाे सुरक्षाकाे अनुभुतिका लागि आवश्यक कार्यक्रम संचालन गर्ने लगायतका उदेश्य सहित नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

सुन्दर, समृद्घ र सुखि- शान्त सबैला नगरपालिका बनाउने नारासहित नगर प्रमुख यादवले नगर सभालाई सम्बोधन गर्दै सबैला नगरपालिकालाई समृद्घ र सुखि बनाउन महत्वपूर्ण उपलब्धी हासिल गर्ने सुरुवात भएको बताउनु भयाे  ।

वहाँले  जनताको माग र जिवन स्तरमा परिवर्तन ल्याउन अझै कामहरु गर्न बाँकी नै रहेको परिपेक्षमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अबलम्बन गरेको बताउनु भयाे ।

उदघाटन सत्रको प्रमुख अतिथिमा मधेश प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री भरत साह , विशिष्ट अतिथि मधेश प्रदेश सभा सदस्य संजय महतो रहेका थिए ।अतिथिहरुमा नेकपा (माओवादी केन्द्र) धनुषा जिल्ला संयोजक दिपक यादव , नेकपा एमाले धनुषा जिल्ला अध्यक्ष तथा मेयर प्रतियासी राजकिशोर यादव , पूर्व नगर प्रमुख बिजय शंकर साह, मिथिला विहारी नगरपालिकाका नगर उप प्रमुख शोभा देवी साह, माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार व्रज किशोर यादव , नेकपा. एमालेका नगर अध्यक्ष दुर्गा प्रसाद राय , नेकपा (माओवादी केन्द्र ) का नगर अध्यक्ष यूगेश्वर यादव रहेकाे थियोे ।

यस्तै  नेपाली काँग्रेशका नगर सभापति खटरु यादव , लोसपाका नगर अध्यक्ष राम चन्द्र प्रसाद जैसवाल जनमत पार्टीका नगर अध्यक्ष संजय प्रधानकाे  उपस्थिती रहेको थियो भन्ने कार्यक्रम संचालन प्रमुख प्रशासकीय अधिकृत कृष्ण पौडेलले गर्नुभएको थियो  ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ हेर्न तल Click गर्नुहोस्

jpg2pdf (1)

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version