Home समाचार बागलुङमा चट्याङ पर्दा  २ जनाको मृत्यु

बागलुङमा चट्याङ पर्दा  २ जनाको मृत्यु

0
१० असार, काठमाडौं । बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

ढोरपाटन नगरपालिका-५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको छ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो ।

चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

चट्याङले घर नजिकै बाँधेको एक भैँसीसमेत मेरेको प्रनाउ केसीको भनाइ छ । घाइते यमकुमारीलाई उद्धार गरी अस्पताल पठाइएको उनले बताए ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version