Home समाचार राजनिति सबैतिर तालमेल गरेर जाने निर्णय भयो : प्रचण्ड

सबैतिर तालमेल गरेर जाने निर्णय भयो : प्रचण्ड

0

चैत २५,  रासस

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरूबीच तालमेलको विषयमा कुरा भएको बताउनुभएको छ । 

पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले आज शुक्रवार बसेको सत्तारुढ गठबन्धनको बैठकमा चुनाव केन्द्रित कुराकानी भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘मुख्य रूपमा निर्वाचन केन्द्रित भएर कुरा भएको छ । सबैतिर तालमेल गरेर नै जाने भन्ने कुरा भयो ।’

अर्को एक फरक प्रसङ्गमा उहाँले भरतपुर महानगरको नेतृत्वका बारेमा छलफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘छलफलबाट निकास निकाल्छौँ । केही समस्या छैन ।’

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version