Home मधेश प्रदेश  प्रादेशिक अस्पताल आफ्नो अस्तित्व गुमाउने अवस्थामा पुगेको- प्रदेश सांसद यादव

 प्रादेशिक अस्पताल आफ्नो अस्तित्व गुमाउने अवस्थामा पुगेको- प्रदेश सांसद यादव

0


चैत २०, जनकपुरधाम।

 

जनकपुरधाम स्थित रहेको प्रादेशिक अस्पतालले आफ्नो अस्तित्व गुमाउने अवस्थामा पुगेको भन्दै प्रदेश सांसद मञ्जु यादवले चिन्ता व्यक्त गरेकी छिन् ।

मधेश प्रदेशकी नेकपा एकिकृत समाजवादी पार्टीकी सांसद यादवले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा रहेको प्रादेशिक अस्पतालको कामकाज प्रति असन्तुष्टि जनाएकी छिन् ।

आइतवार बसेको प्रदेशसभा बैठकमा बोल्दै सांसद यादवले प्रादेशिक अस्पताल जनकपुरधाममा सामान्य सुविधाहरु समेत नभेटिरहेको बताएकी छिन् ।

‘म अस्ति मात्र आमालाई लिएर प्रादेशिक अस्पतालमा कान जाँच गराउन गएको थिए । डाक्टरले कान जाँचिदिनुभो बाँकी जाँच बाहिर गराउनु पर्ने बाध्यता भयो’, सांसद यादवले भनिन्, ‘हामीले शिक्षण संस्था राम्रो संग यस प्रदेशमा होस् । बुद्धिजिवी चिकित्सक निक्लोस भन्ने कोणबाट प्रदेशसभाबाट यो विधेयक पारित गरेका थियौँ । सामान्य सुविधाहरुमा प्रतिष्ठानका व्यक्तित्वहरुले ध्यान नदिने तर के कति कारणले स्वतह मातहतमा आउने भनेर त्यहाँ नियुक्त चिकित्सकमाथि प्रहार भयो ।’

यादवले धनुषा, महोत्तरी, सिरहा, सर्लाहीका नागरिकहरुका लागि सेवा दिने अस्पताल प्रादेशिक अस्पताल रहेकोमा आगामी दिनमा यसले दिने सेवा शंकटमा देखिएको बताईन् ।

संसदबाट पारित गरेको प्रतिष्ठान प्रयोगमा गएपछि आफुहरुको कमजोरी रहेको देखिएको उनले टिप्पणी गरिन् ।

उनले भनिन्, ‘हामी यो भनेका छैनौ प्रतिष्ठान निष्क्रीय भएर बसोस्, आफ्नो गतिविधि नगरोस् । मधेस प्रदेशको हरेक अस्पताल जस्तै चुरोट फ्याक्ट्रि बोर्डमा मात्र हामी अहिले हेर्छौ, जहाँ हामी बसिरहेका छौँ त्यस्तो नहोस् ।’

प्रतिष्ठानको मातहतमा रहेको प्रादेशिक अस्पतालका मेसु प्रमोद यादवलाई केहि दिन अघि पदमुक्त गरिएको थियो ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version