Home बिशेष खबर प्रादेशिक अस्पताल जनकपुरधाममा एक अक्सिजन सञ्चालनमा, अर्को थपको तयारी

प्रादेशिक अस्पताल जनकपुरधाममा एक अक्सिजन सञ्चालनमा, अर्को थपको तयारी

0

जनकपुरधाम । पुनः कोरोना महामारीको सङ्क्रमितको सङ्ख्या प्रदेश नंं २ मा बढ्न थालेपछि जनकपुरधामको प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ ।

दैनिक रुपमा १ सय ४४ सिलिण्डर उत्पादन हुने सो अक्सिजन प्लान्टबाट प्रादेशिक अस्पतालको सामान्य अवस्थाको माग पूर्ति गर्नका लागि करिब करिब पुगे पनि कोरोना महामारी बढेको खण्डमा धान्न नसकिने भएकाले थप १ वटा प्लान्ट थप गरेर सञ्चालन गर्ने गृहकार्यमा प्रादेशिक अस्पताल अगाडी बढेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रमोद कुमार यादवले जानकारी दिनु भएको छ ।

अहिलेको अक्सिजन प्लान्टबाट सामान्य अवस्थाका बिरामीका लागि पुगे पनि कोरोना सङ्क्रमणको दर बढेको खण्डमा अपुग हुने भएकाले नयाँ प्लान्ट स्थापनाका लागि प्रक्रिया अगाडि बढाएको जानकारी प्रमुख डा. यादवले जानकारी दिनुभयो ।

अहिले सञ्चालनमा आएको अक्सिजन प्लान्ट जडान गर्नका लागि नेपाल सरकारले सहयोग गरेका थिए । दोस्रो प्लान्टको स्थापना गर्नका लागि प्रदेश सरकारले पनि सहयोग गरेको प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।

कोरोनाको दोस्रो लहर चलेको वेलामा अक्सिजनको अभावका कारणले कतिपय सङ्क्रमितको मृत्यु भएको अवस्थालाई ध्यानमा राखेर नेपाल सरकारले ठुला अस्पतालहरूमा अक्सिजन प्लान्ट जडान गर्नका लागि निर्देशन सहितको सहयोग गरेपछि प्रादेशिक अस्पताल जनकपुरधाममा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ ।

यसै गरी निजी स्तरबाट जनकपुरधाममा वेलामा अक्सिजन प्लान्ट स्थापना भएको छ भने धनुषाको ढल्केवरमा पहिला देखि नै प्लान्ट सञ्चालनमा रहेको छ । कोरोनाको दोस्रो लहरमा भएको जस्तो समस्या अहिले आउने अवस्था नरहेको भएपनि प्रदेश सरकार गंभिर रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version