Home समाचार प्रवास नेपालको पूर्वाधार र प्रविधिको क्षेत्रमा विकासका लागि गैर आवासीय नेपालीले लगानी गर्ने...

नेपालको पूर्वाधार र प्रविधिको क्षेत्रमा विकासका लागि गैर आवासीय नेपालीले लगानी गर्ने वातावरण बनाउन सरकार तत्पर : प्रधानमन्त्री देउवा

0

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको पूर्वाधार र प्रविधिको क्षेत्रमा विकासका लागि गैर आवासीय नेपालीले लगानी गर्ने बनाउन नेपाल सरकार सधैँ तत्पर रहेको बताएका छन् । उनले विदेशमा आर्जन गरेको पुँजी र ज्ञान नेपालको प्राविधिक तथा व्यावसायिक ज्ञान, सीप विकासको क्षेत्रमा खर्च गर्न आह्नवानसमेत गरे ।

आइतबार साँझ काठमाडौंमा गैर आवासीय नेपाली संघको १० औँ विश्व सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गैर आवासीय नेपालीले चाहेअनुसार लगानीको गर्न पाउने वातावरण बनाउने प्रतिबद्धता जनाए ।उनले त्यसका लागि सरकारले नीतिगत तथा कानुनीरुपमा समेत सुधार गरेर सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।

‘विश्वभरि छरिएर रहेको असंगठित पुँजी र ज्ञानलाई संगठित गरेर गैरआवासीय नेपाली संघले मुलुकको पुर्वाधार र प्रविधि विकासका लागि महत्वपूर्ण भूमिका खेल्न सक्छ । म विदेशमा आर्जन गरेको पुँजी प्राविधिक तथा व्यावसायिक ज्ञान, सीपको क्षेत्रमा लगानी आह्वान गर्दछु,’ प्रधानमन्त्री देउवाले भने, ‘नेपालमा सडक, विद्युत् परियोजनासँगै थुप्रै क्षेत्रमा लगानीको खाँचो छ । त्यस्ता सम्भावित क्षेत्रमा लगानीको वातावरण बनाउन सरकार सकारात्मक रहेको छ ।’

प्रधानमन्त्री देउवाले गैर आवासीय नेपाली संघले कोभिड–१९ महामारी र भूकम्पका बेला ठूलो सहयोग पुर्‍याएको भन्दै प्रशंसा गरे । उनले संघमा नेतृत्व चयन गर्ने सन्दर्भमा भएको एकताले नेपाल र नेपालमाझ एकदमै ठूलो मेसेज दिएको भन्दै त्यसका लागि धन्यवादसमेत प्रकट गरे ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version