Home अन्य मौशम पोखराको वायु प्रदूषण मानव स्वास्थ्यका लागि घातक

पोखराको वायु प्रदूषण मानव स्वास्थ्यका लागि घातक

0

काठमाण्डाै – पोखराको वायु प्रदूषण मानव स्वास्थ्यका लागि घातक अवस्थामा पुगेको छ । अहिले पोखरामा वायु प्रदूषण मापन सूचक एक्यूआई दुई सय १७ पुगेको छ ।

एक्यूआई दुई सय भन्दा माथि पुग्नुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि घातक मानिन्छ । यस्तै एक्यूआई एक सय ५० भन्दा माथि पुग्नुलाई त्यहाँको हावाको अवस्था मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

अहिले बाराको सिमरा, चितवनको भरतपुर, बाँकेको नेपालगञ्ज, काठमाण्डौको कीर्तिपुर, धनकुटा लगायतका ठाउँको वायु प्रदूषण हानिकारक अवस्थामा रहेको वातावरण विभागले जनाएको छ ।

आज काठमाण्डौ उपत्यकाको वायुको अवस्था भने सामान्य रहेको वातावरण विभाग अन्तर्गतका वायु प्रदूषण मापन केन्द्रहरूले जनाएका छन् ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version