Home समाचार ताजा समाचार कोभिड नेपाल: गत २४ घण्टामा थपिए ६,४६२ बिरामी, ४ को कोभिडबाट मृत्यु

कोभिड नेपाल: गत २४ घण्टामा थपिए ६,४६२ बिरामी, ४ को कोभिडबाट मृत्यु

0

नेपालमा आइतवार थप ६४६२ जना मानिसमा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

विगत २४ घण्टामा कोभिडका कारण ४ जनाको मृत्यु भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सह प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए।

अहिलेको वृद्धिसँगै देशभरी भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ७७ हजार ४० नाघेको छ।

विगत दुई सातादेखि नेपालमा कोभिड-१९ सङ्क्रमण निरन्तर बढिरहेको छ।

अधिकारीका अनुसार हालै परीक्षण परिएका ३२ नमुना मध्ये २८ मा ओमिक्रोन सङ्क्रमित भेटिएका र ४ नमुनामा डेल्टा भेरिअन्ट भेटिएको छ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version