Home समाचार ताजा समाचार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोभिड, आइसोलेशनबाटै सरकारको कटु आलोचना

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोभिड, आइसोलेशनबाटै सरकारको कटु आलोचना

0

BBC, नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।

एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले ओलीलाई कोभिड भएको पुष्टि गरे।

मुख्य विपक्षी दलका नेता समेत रहेका ओलीको स्वास्थ्य टीमसम्बद्ध चिकित्सकका अनुसार ओली सङ्क्रमित भएपछि उनी बालकोटस्थित निवासमा एकान्तवासमा रहेका छन्।

ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

यस अघि नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत विभिन्न दलका केन्द्रीय तहका नेताहरूलाई पनि कोभिड सङ्क्रमण भएको थियो।

पहिलो र दोस्रो लहरमा भने राजनीतिक दलका उच्च तहका नेताहरू कम मात्र सङ्क्रमित भएका थिए।

महामारी जारी रहेका बेला एमाले लगायत प्रमुख राजनीतिक दलले ठूलो सङ्ख्यामा देशभरका आफ्ना कार्यकर्ता सम्मिलित गरेर महाधिवेशन समेत सम्पन्न गरेका थिए।

आमसभा र भेटघाट पनि जारी राखेका थिए।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version