नेपालमा आइतवार थप ६४६२ जना मानिसमा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
विगत २४ घण्टामा कोभिडका कारण ४ जनाको मृत्यु भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सह प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए।
अहिलेको वृद्धिसँगै देशभरी भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ७७ हजार ४० नाघेको छ।
विगत दुई सातादेखि नेपालमा कोभिड-१९ सङ्क्रमण निरन्तर बढिरहेको छ।
अधिकारीका अनुसार हालै परीक्षण परिएका ३२ नमुना मध्ये २८ मा ओमिक्रोन सङ्क्रमित भेटिएका र ४ नमुनामा डेल्टा भेरिअन्ट भेटिएको छ।