Home समाचार ताजा समाचार पत्रकार महिला उमा सिंहको हत्या भएको आज १३ वर्ष पूरा ,विभिन्न कार्यक्रम...

पत्रकार महिला उमा सिंहको हत्या भएको आज १३ वर्ष पूरा ,विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाइँदै

0

पत्रकार महिला उमा सिंहको हत्या भएको आज १३ वर्ष पूरा भएको छ ।

सहिद पत्रकार उमा सिंहको १३ औं स्मृति दिवस नेपाल पत्रकार महासंघ धनुषा लगायत विभिन्न पत्रकार संघसंगठनले विभिन्न कार्यक्रम गरी आज मनाउँदैछन् ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाले आज दिउँसो १ बजे आफ्नै सभाहलमा अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ ।

वि।स। २०६५ पुस २७ गते आजकै राति जनकपुरको रेडियो टुडेमा कार्यरत २५ वर्षीया पत्रकार सिंहलाई जनकपुर नगरपालिका १४ रजौल स्थित डेरामा बसेको बेला अज्ञात समुहले धारिलो हतियार प्रहार गरि निर्ममतापूर्वक हत्या गरेका थिए ।

पत्रकार सिंहका मुख्य हत्यारा स्वामी भनिने उमेश यादव लगायत केहिले धनुषा जिल्ला अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय आदेश भई महोत्तरीको जलेश्वर कारागारमा छन् । घट्नामा संलग्न अन्य केहि अझै कानुनी दायरमा आउन सकेका छैनन् । janakpurpress

 

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version