Home समाचार कोभिड नेपाल: माघ १५ सम्म विद्यालय बन्द गरेर खोप लगाउने शिक्षा मन्त्रालयको...

कोभिड नेपाल: माघ १५ सम्म विद्यालय बन्द गरेर खोप लगाउने शिक्षा मन्त्रालयको निर्णय

0

“देशभरिका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरूमा वार्षिक बिदामा मिलान हुने गरी पुस २७ देखि माघ १५ सम्म बिदा दिने निर्णय गरिएको छ,” शिक्षा मन्त्रालयले सोमवार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बिदाको उक्त अवधिमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा रहेका स्वास्थ्य चौकीमार्फत् खोप लगाउने कार्यक्रम रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

विद्यालयबाहेक कलेज र विश्वविद्यालयहरूले पहिले नै तालिका निकालेका परीक्षाहरू रद्द नहुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ताले बताए।

कतिपय शिक्षाविद्ले चाहिँ विद्यालय बन्द गर्नुभन्दा सबै बालबालिकालाई खोप लगाउने व्यवस्था मिलाएर शैक्षिक सत्रअनुसार पठनपाठन जारी राख्नुपर्ने बताएका छन्।

सोमवार बिहान बीबीसीसँग कुराकानी गर्दै शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीसीको सिफारिसलाई मन्त्रालयले कार्यान्वयनमा लाने बताएका थिए।

उनले भनेका थिए, “सबै विद्यालयहरू माघ १५ गतेसम्म बन्द गर्ने भन्ने निर्णयलाई हामी तलमाथि गर्दैनौँ।” BBC

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version