Home समाचार ताजा समाचार बलात्कार घटनाका आरोपित गिरफ्तार

बलात्कार घटनाका आरोपित गिरफ्तार

0

३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सबैला नगरपालिका–९ भठियन बस्ने ५५ वर्षीय मुनेश्वर राय अमात्यलाई पुस २३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई बलात्कार गरिरहेको अवस्थामा पीडित चिच्याएपछि स्थानीयले उद्धार गरेको स्थानीय मनोज पासवानले बताउनु भयो ।

स्थानीयको सहयोगमा पीडितले पुस २४ गते इलाका प्रहरी कार्यालय सवैलामा आरोपितविरुद्ध उजुरी दर्ता गराएकी छन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल जनकपुरमा पुस २४ गते गरिएको छ ।

 

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version