Home समाचार विद्यालय व्यवस्थापन समितिको सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न

विद्यालय व्यवस्थापन समितिको सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न

0

२०८२ असार ३० जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिका–५ स्थित श्री माध्यमिक विद्यालय ललियामा विद्यालय व्यवस्थापन समितिको बिदाई तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। २०७९ साल असार ३१ गते गठन भएको समितिको कार्यकाल पूरा भएसँगै बिदाई कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि मिथिला बिहारी नगरपालिकाका नगर प्रमुख राजेन्द्रप्रसाद यादव रहनु भएको थियो। विशिष्ट अतिथिका रूपमा नगर उप–प्रमुख शोभा देवी साह, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, समाजिक विकास समितिका संयोजक तथा कार्यपालिका सदस्य राम उदगार दास, शिक्षा शाखा प्रमुख रीमा कुमारी झा, तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी रहेका थिए।

राजनीतिक दलका तर्फबाट नेकपा एमालेका घुरन दास, जसपा नेपालका प्रतिनिधि श्रीनारायण मण्डल नेकपा माओवादी केन्द्रका राम परिक्षण मण्डल, एकीकृत समाजवादीका राम बाबू दास तथा नेपाली कांग्रेसका चन्द्रदेव यादवको सहभागिता रहेको थियो। कार्यक्रममा अध्यक्षता वडा नं. ५ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र कुमार मण्डलले गर्नुभयो।

समितिका अध्यक्ष सुरेन्द्र कुमार मण्डलसहित सदस्यहरू बिजय कुमार ठाकुर, श्रवण कुमार मण्डल, मुखिया, गुलेविया देवी, गायत्री कुमारी मण्डल, अनिता देवी साह, शिक्षक प्रतिनिधि दिप नारायण ठाकुर, तथा सदस्य सचीव अजय कुमार यादवलाई कार्यक्रममा विशेष रूपमा सम्मान गरियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालयको समग्र शैक्षिक गुणस्तर सुधार र प्रशासनिक पारदर्शिताका लागि विद्यालय व्यवस्थापन समितिको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको भन्दै पूर्व समिति सदस्यहरूको योगदानको प्रशंसा गरे। विद्यालयको विकासमा निरन्तर योगदान पु¥याउने समिति सदस्यहरूको योगदान सदैव स्मरणीय हुने उनीहरूले बताएका थिए।

कार्यक्रमले विद्यालय व्यवस्थापन समितिको संस्थागत भूमिकालाई उजागर गर्नुका साथै भावी योजनाहरूलाई समेत दिशानिर्देश गर्ने अपेक्षा गरिएको छ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version