Home समाचार शिक्षाको गुणस्तर वृद्धिका लागि ‘REAL Plan’ कार्यक्रम

शिक्षाको गुणस्तर वृद्धिका लागि ‘REAL Plan’ कार्यक्रम

0

२०८२ साउन १६ जनकपुरधाम : धनुषाको  मिथिला बिहारी नगरपालिकाले शिक्षाको गुणस्तर सुधार तथा सिकाइको निरन्तरता सुनिश्चित गर्न ‘सिकाई आफैं तथा द्रुत सिकाई योजना (REAL Plan)’ कार्यक्रम अन्तरगत विभिन्न अभिमुखिकरण तथा समन्वयात्मक बैठकहरू आयोजना गरेको छ।

नगरपालिकाको सभाहलमा मिति २०८२ साल असार २५ गते आयोजित अभिमुखिकरण कार्यक्रममा नगर प्रमुख राजेन्द्रप्रसाद यादवको अध्यक्षता रहेको थियो। कार्यक्रममा नगर उपप्रमुख शोभा देवी साह, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, सामाजिक विकास समिति संयोजक राम उदगार दास, शिक्षा शाखाका कर्मचारी, प्रशिक्षक दीपक खत्री, सहजकर्ता तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नगर क्षेत्रका सार्वजनिक विद्यालयहरूबाट कक्षा ३ देखि ५ सम्म नेपाली र गणित तथा कक्षा ६ देखि ८ सम्मका नेपाली, गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो। शिक्षकहरूलाई द्रुत सिकाई योजना, प्रभावकारी पठनपाठन प्रविधि तथा सिकाइ मूल्याङ्कन विधि सम्बन्धी विषयमा जानकारी दिइएको थियो।

यसै सिलसिलामा, मिति २०८२।०३।२६ गते नगर क्षेत्रका सबै माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा इमिस (EMIS) हेर्ने शिक्षक-कर्मचारीहरूका लागि पृथक कार्यक्रम सम्पन्न गरिएको थियो। सो कार्यक्रम पनि नगर प्रमुख यादवको अध्यक्षतामा भएको थियो भने सञ्चालन विना कुमारी सिंहले गरेकी थिइन्।

त्यसपछिको दिन, मिति २०८२।०३।२७ गते शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको समन्वयमा अर्को महत्वपूर्ण बैठक आयोजना गरियो। प्रशिक्षक दीपक खत्रीद्वारा REAL Plan अन्तर्गत विद्यालयहरूमा उपलब्ध परीक्षण सामग्रीहरूको प्रयोगविधि देखाउने डेमो क्लास सञ्चालन गरिएको थियो। सोही दिन नगरका विभिन्न विद्यालयहरूमा निदानात्मक परीक्षण (diagnostic test) समेत सञ्चालन गरिएको थियो, जसको नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखाको टोलीले स्थलगत अनुगमन गरेका थिए।

नगर प्रमुख यादवले कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षालाई उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै आगामी दिनमा यस्ता तालिम तथा अभ्यासहरूलाई अझ प्रभावकारी, नियमित तथा दिगो रूपमा सञ्चालन गरिने आश्वासन दिएका थिए।

यस कार्यक्रमले नगर क्षेत्रका शिक्षकहरूमा पेशागत दक्षता अभिवृद्धि गर्न, विद्यार्थीहरूको सिकाइ स्तर मूल्याङ्कन गर्न तथा आवश्यकता अनुसार हस्तक्षेपका उपायहरू विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version