२०८२ चैत २९ जनकपुरधाम : शिक्षकहरूको आन्दोलनमा माओवादी केन्द्र मधेस प्रदेशले समर्थन जनाएको छ ।
मधेस प्रदेशको ईन्चार्ज मातृका प्रसाद यादव विज्ञप्ति जारी गर्दै शिक्षकहरूको आन्दोलनमा समर्थन जनाएका हुन् ।
ईन्चार्ज यादवले देशमा व्यापत भ्रष्टाचार तथा बेथितिका कारण यथास्थितिवादी र प्रतिगमनकारीहरु जनताका असन्तुष्टिलाई उपयोग गरी शिर उठाउने कोशिस गरिरहेका बेलामा सरकारले संसदको विशेष अधिवेशन बोलाएर नेपाल शिक्षक महासंघको मांग पूरा गरी देश जनताको पक्षमा उभिन बर्तमान सरकारसंग जोडदार अपिल गरेका छन् ।
शिक्षा मानव विकास सूचकांकको मूल आधार मध्ये प्रमुख आधार हो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष क.प्रचण्डको नेतृत्वमा रहेको तत्कालिन सरकारले तयार पारेको विद्यालय शिक्षा ऐनलाई तत्काल पास गरी लागु गर्न वर्तमान सरकारलाई नेपाल शिक्षक महासंघले पटक पटक ध्यान आकर्षण गराउँदा वेवास्ता गरेकाले २०८१ चैत्र २० गतेदेखि शिक्षकहरुको साझा संगठन नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरु बाध्य भएर आन्दोलनमा होमिएका विज्ञप्ति उल्लेख गरेका छन् ।