२०८१ मंसिर १६
धनुषाधाम : धनुषाको धनुषाधाम नगरपालिकाको वडा अध्यक्ष पदका लागि उपनिर्वाचन जारी छ ।
३ हजार २ सय ५६ मतदाता रहेको धनुषाधाम नगरपालिकाको वडा नम्बर १ मा उप निर्वाचनको लागी तीन ओटा मतदान केन्द्र तोकिएको छ ।
ठाकुरप्रसाद स्मृति प्रतिष्ठान समदायिक भवन गोविन्दपुरमा मतदाताको सङ्ख्या १६७२रहेका छन्। बुथ क मा ८१२ र बुत ख मा ८६० छ्न।बुथ (क)मा मतदाता सङ्ख्यामध्ये हालसम्म ४५ जना पुरुष र ६४ जनाले मतदान गरेका छन्।बुथ (ख)मा ५५ महिला र ४५ पुरुषले खसाएका छ्न। ४ जना पुरुष र १ जना महिला कर्मचारी रहेका छ्न।९ जना पुरुष र २ जना महिला प्रहरी खटेका छ्न भने ७:१० मिनेट मा मतदान सुरु भएको निर्वाचन अधिकृत अनिल पाण्डेले जानकारी गराउनुभयो।
गाविस भवन धनुसा गोविन्दपुरको मतदान स्थलको मतदाता सङ्ख्या ३३५ रहेका छन्। हालसम्म ६२ महिला र ५४ पुरुषले मतदान गरेका छन्। उक्त मतदानस्थलमा पाँचजना पुरुष कर्मचारी खटेका छन्। सुरक्षाकर्मीमा १२ जना पुरुष र दुई जना महिला रहेको निर्वाचन अधिकृत सुनिल कुमार चौहानले बताउनुभयो।
श्री मावि मुंगराहा मतदान स्थलमा जम्मा मतदाताको सङ्ख्या ८७८ रहेका छन्। सो मतदातामध्ये ५६ वटा पुरुष र ३५ वटा महिला हालसम्म मतदान गरेका छन्। सशस्त्र प्रहरीबाट ३० जना पुरुष सुरक्षाकर्मी रहेका छन् भने नेपाल प्रहरीबाट १४ जना पुरुष सुरक्षाकर्मी र दुईजना महिला सुरक्षाकर्मी रहेका छन्। मतदान स्थलमा पाँच जना कर्मचारीमध्ये ४ जना पुरुष र एकजना महिला रहेको र उक्त मतदान ७:४५ मा सुरु भएको निर्वाचन अधिकृत डम्बर प्रसाद घिमिरेले बताउनुभयो।
२१ जनाले उम्मेदवारी दर्ता दर्ता गराएकोमा नेकपा एसले उम्मेदवारी फिर्ता लिई नेकपा माओवादी केन्द्रलाई समर्थन गरेपछि २० जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् ।
२०७९ को निर्वाचनबाट वडा अध्यक्षमा कांग्रेसका बिश्वनाथ यादव निर्वाचित भएका थिए । उनको निधन भएपछि रिक्त रहेको वडा अध्यक्ष पदका लागि उपनिर्वाचन भएको हो ।