Home समाचार सर्लाहीमा ग्यास सिलिन्डर पड्किँदा ६ कोठे पक्की घर पूर्ण रूपले क्षतिग्रस्त

सर्लाहीमा ग्यास सिलिन्डर पड्किँदा ६ कोठे पक्की घर पूर्ण रूपले क्षतिग्रस्त

0

माघ१२, सर्लाही :  सर्लाहीको बलरा नगरपालिका–४ बलरा गोठमा रहेको एक घरमा शुक्रबार बिहान ग्यास फड्किएको छ। सहारा ग्यासको सिलिन्डर विस्फोट हुँदा एकतले घरको ६ कोठमा क्षति पुगेको छ।

स्थानीय अख्तर हुसेनको घरमा खाना पकाउने क्रममा सिलिन्डर पड्किँदा क्षति भएको प्रहरीले जनाएको छ। सिलिन्डरमा आगो लागेपछि घरका सबै परिवार घरभन्दा बाहिर भागेकाले मानवीय क्षति हुनबाट जोगिएको छ।

ग्यास सिलिन्डर पड्किँदा घरसहित घरमा रहेका खाद्यान्न सामग्री, लत्ताकपडा र फर्निचरसमेत क्षति पुगेको छ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version