Home समाचार धोती दिवस मनाउने क्रममा डा. सीके राउतसहित सयौं जनमत पार्टीका नेता तथा...

धोती दिवस मनाउने क्रममा डा. सीके राउतसहित सयौं जनमत पार्टीका नेता तथा कार्यकर्ता पक्राउ

0

पुस १६, काठमाडौं : धोती दिवस मनाउन माइतीघरमा भेला भएका सयौं मधेशीलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान सेतो धोती लगाएर माइतीघरमा भेला भएका सयौं जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, उपाध्यक्ष अब्दुल खान, दिपक साह, प्रवक्ता डा. शरद सिंह यादव, राष्ट्रिय सचिव बीपी साहलगायत छन् । उनीहरुलाई अहिले प्रहरी कार्यालयमा राखिएको छ ।

‘धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघरमा भेला भएका उनीहरूमाथि प्रहरीले दमनसमेत गरेको छ । राज्यको यो कदमको मधेशमा चौतर्फी विरोध र आलोचना सुरु भएको छ

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version