Home समाचार भारतको लोकसभाबाट ३० सांसद निलम्बीत

भारतको लोकसभाबाट ३० सांसद निलम्बीत

0
New Delhi, Aug 04 (ANI): MPs in Lok Sabha during the ongoing Monsoon Session of Parliament House, in New Delhi on Friday. (ANI Photo/Sansad TV)

२ पुस, काठमाडौं । भारतमा कांग्रेस आईका नेता अधीर रञ्जन चौधरी समेत ३० जना सांसद निलम्बनमा परेका छन् ।

हिउँदे अधिवेशनका बाँकी बैठकमा उपस्थित हुन नपाउने गरी उनीहरू निलम्बनमा परेका भारतीय समाचार संस्था पीटीआईले जनाएको छ ।

यसअघि लोकसभाबाट १३ सांसद निलम्बनमा परेका थिए ।

डिसेम्बर १३ तारिखका दिन लोकसभामा भएको सुरक्षा चुकको मामिला उठाउँदै आज सोमबार विपक्षीहरुले लोकसभामा विरोध जनाएका थिए ।
दर्शकका रुपमा प्रवेश गरेका व्यक्तिले बैठकस्थलमा कुदेर धुँवा फैलाएको बारेमा उनीहरुले गृहमन्त्रीसँग जवाफ मागेका थिए । विपक्षी सांसदले लगातार विरोध जनाएपछि बैठक पनि स्थगित भएको छ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version