Home समाचार तिहारमा मुलुकभर आपराधिक घटना सामान्य : नेपाल प्रहरी

तिहारमा मुलुकभर आपराधिक घटना सामान्य : नेपाल प्रहरी

0
{"caption":"u092au094du0930u0939u0930u0940 u092au094du0930u0927u093eu0928 u0915u093eu0930u094du092fu093eu0932u092f u092bu093eu0907u0932 u092bu094bu091fu094b","photographer":"","alt_text":""}

रासस

काठमाडौँ । नेपाल प्रहरीले तिहारमा छिटफुट घटना बाहेक समग्रमा मुलुकभरको आपराधिक घटना सामान्य रहेको जनाएको छ  । केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार तिहारमा विगतको तुलनामा कम आपराधिक घटना भएका छन्  तर सडक दुर्घटना  भने केही बढेका छन् ।

“समग्रमा तिहारभर आपराधिक घटना सन्तोषजनक रह्यो । छिठफुट घटना भए पनि विगतका जस्तो ठूलो ‘ग्याङ फाइट’ भएको छैन । सडक दुर्घटना चाँही केही बढेको अनुमान गरिएको छ, केही दिनभित्रै त्यसको यकिन तथ्याङक सार्वजनिक गरिनेछ”, उनले भने ।

तिहारको समयमा देशभर सडक दुर्घटना बढेको प्रहरीको अनुमान छ । दीपावलीमा केही ठूला आगलागीका घटना पनि भएका छन् । विगतका वर्षमा भन्दा यसवर्ष बढी जुवा तास खेल्ने पक्राउ परेका छन् ।

प्रवक्ता कडायतले तिहार आजसम्मै भएको र देशभरबाट तथ्याङक सङ्कलनको कार्य भइरहेकाले एक/दुई दिनभित्रै तिहारको घटनाको विवरण आउने अपेक्षा गरे ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version