Home समाचार धनुषाको मिथिला बिहारी न.पा.-५ ललिया टोलमा दुई घरमा चोरी

धनुषाको मिथिला बिहारी न.पा.-५ ललिया टोलमा दुई घरमा चोरी

0

कार्तिक ३०,धनुषा । धनुषाको मिथिला विहारी नगरपालिका वडा नं. ५ स्थित ललिया टोलमा दुई  घरमा बुधवार राती चोरी भएको छ ।

स्थानीय महेश मंडलको घरमा छतवाट घर भित्र प्रवेश गरी अन्दाजी १ लाख रुपैया , सुन, चाँदी , लताकपडा र साेही वडा बस्ने  अरुण साहको घरमा घरको पछाडीको ढोका खुला रहेको मौका छोपी चोर घरभित्र प्रवेश गरी अन्दाजी रु. १ लाख ५० हजार रुपैया र २ थान मोवाईल चोरी भएको स्थानीयले जानकारी गराएको छ ।

यस सम्वन्धमा जानकारी लिनको लागि प्रहरी चौकी ललियामा सम्पर्क गर्दा सम्पर्क हुन सकेन् ।

पछिल्लो समयमा तराई- मधेसका जिल्लामा चाेरी डकैती ह्वात्तै बढेकाे खेखिन्छ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version