Home समाचार मिटरब्याजसम्बन्धी अध्यादेश अर्को बैठकमा नल्याए सदन चल्न दिदैनौं : रवि लामिछाने

मिटरब्याजसम्बन्धी अध्यादेश अर्को बैठकमा नल्याए सदन चल्न दिदैनौं : रवि लामिछाने

0

असार २९, काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् रवि लामिछानेले मिटरब्याजीहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने बताएका छन् ।

शुक्रबार  प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले यथासिघ्र मिटरब्याज पीडितको पक्षमा शून्यमा ल्याइएको विधेयक तत्काल ल्याउनुपर्ने माग गरे।

‘मिटरब्याज पीडितको पक्षमा शून्यमा ल्याइएको विधेयक यथासिघ्र ल्याइयोस् ,’लामिछानेले भने, नत्र अर्को बैठक चल्न दिने छैनौं ।

सत्ता पक्षले नै विधेयक रोक्न खोजेको गाइगुईँ सुन्नमा आएको उनको भनाइ । मिटरब्याजको अध्यादेश शून्यमा गएको भन्दै आफूहरु सदैव पीडितका पक्षमा रहेको बताए । मिटरब्याजको पीडाबाट नागरिकहरु जीवनमरणको दोधारमा रहेको लामिछानेको भनाइ छ ।

कसका कारणले आजको बैठकमा मिटरब्याज पीडितको पक्षमा विधेयक नल्याइएको हो ? उनले प्रश्न गरे ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version