Home समाचार त्रिविकाे सम्बन्धन नवीकरण नगरेका १ सय ७५ क्याम्पस सूची सार्वजनिक (सूचीसहित)

त्रिविकाे सम्बन्धन नवीकरण नगरेका १ सय ७५ क्याम्पस सूची सार्वजनिक (सूचीसहित)

0

 

२७ असार , काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले सम्बन्धन प्राप्त तर नवीकरण नगरेका क्याम्पस/कलेजहरुको सूची सार्वजनिक गरेको छ ।

त्रिविको उपकुलपतिको कार्यालय, योजना निर्देशनालयले देशभरका १ सय ७५ क्याम्पस/ कलेजहरुको सूची सार्वजनिक गरेको हो ।

यसअघि त्रिविले गएको पुस २० र चैत २८ मा सम्बन्धन नवीकरण गर्न सूचित गरी नवीकरण नगरे खारेज किन नगर्ने ? भनेर सूचना प्रकाशित गरेको थियो ।

त्यसअनुसार सम्बन्धन नवीकरण नगरेका क्याम्पस÷कलेजको सूची सार्वजनिक गरिएको र त्रिवि सम्बन्धन समितिको निर्णय अनुसार नवीकरण नभएका क्याम्पस/कलेजलाई नियमअनुसार कारबाहीको प्रकृया अगाडि बढाउने सूचनामा उल्लेख छ ।

साथै कुनै क्याम्पस नवीकरण प्रकृयामा भएको भएमा आधिकारिक कागजपत्र र प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

         हेर्नुहाेस् सुचि 

list

 

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version