Home समाचार अन्तर्राष्ट्रिय ओडिसामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

ओडिसामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

0

११ असार, काठमाडौं । भारतको ओडिसामा यात्रुबस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । भने आठ जना  यात्रु गम्भीर घाइते भएका छन् ।

भारतीय संचार संस्थाकाे  अनुसार ओडिसाको गंजम जिल्लामा गएराति बस दुर्घटना भएको हो ।

ओडिसा राज्यको सडक परिवहन निगमको बस र एक निजी बस ठोक्किएर दुर्घटना भएको हो । मृतकहरु निजी बसमा सवारहरु रहेको बताइएको छ ।

ओडिसाका मुख्यमन्त्रीले दुर्घटनामा दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ३-३ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version