Home समाचार भारतीय फिल्म आदिपुरुषको निर्माण कम्पनीले माग्यो माफी

भारतीय फिल्म आदिपुरुषको निर्माण कम्पनीले माग्यो माफी

0

असार ४,काठमाडौँ : ‘आदिपुरुष’ को निर्माण कम्पनी सुपर क्यासेट्सले इमेल मार्फत फिल्ममा समावेश संवादले परेको प्रभावप्रति माफी मागेको छ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र चलचित्र विकास बोर्डलाई सम्बोधन गरेर लेखेको पत्रमा ‘आदिपुरुष’ चलचित्रको डाइलगबाट नेपाली भावनामा ठेस पुर्‍याउने आफ्नो उद्देश्य नभएको भन्दै उसले क्षमायाचना गरेको हो ।

सुपर क्यासेट्सले चलचित्रको संवादमा सीताको जन्मस्थानलाई इंगित गर्न नखोजिएको पनि दाबी गरेको छ । ‘श्री राघवको चरित्र निर्वाह गरेका प्रभासले बोलेको संवाद ‘आज मेरे लिए मत लड्ना, उस दिनके लिए लड्ना जब भारतके किसी बेटीपर हाथ डालने से पहले दुराचारी तुम्हारा पौरुष याद करके थर्र उठेगा’ले सीताको माताको जन्मस्थानको प्रतिनिधित्व गर्दैन,’ पत्रमा लेखिएको छ ।

भारतीयले विश्वका सबै महिलाको सम्मान गर्ने विषय आफूहरूका लागि सबैभन्दा महत्त्वपूर्ण भएको पनि पत्रमा बताइएको छ । पत्रमा चलचित्रलाई यसको कलात्मक पक्षबाट हेर्न पनि आग्रह गरिएको छ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version