Home समाचार नेकपा माओवाद केन्द्र , धनुषाधाम नगर कमिटीको होली मिलन तथा शुभकामना...

नेकपा माओवाद केन्द्र , धनुषाधाम नगर कमिटीको होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

0

फाल्गुन २२, जनकपुरधाम  । नेकपा माओवादी केन्द्र  धनुषाधाम नगरपालिकाको नगर कमिटीले  आयोजना गरिएको  होली मिलन तथा शुभकामना आदानप्रदान  कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार धनुषाधाम नगरपालिका  वडा नम्बर ३ को धनुषाधाम बजारमा  होली मिलन तथा शुभकामना आदानप्रदान  कार्यक्रमको आयोजना  गरिएको थियो । कार्यक्रममा होली पर्बको शुभकामना साटासाट  गरेका थिए ।

नेकपा माओवादी केन्द्र धनुषाधाम नगर कमिटीका उपाध्यक्ष राज किशोर महराको  अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका धनुषा जिल्ला संयोजक दिपक यादव  रहनु भएको थियो  ।  कार्यक्रममा सम्बोधन गर्ने बक्ताहरुले हाली  पर्ब को शुभकामना दिदै होलि पर्व एकआपसमा भाइचाराको  सम्बन्ध कायम राख्न तथा  होलि  शान्त तवरले मनाउन अपिल समेत गरेका थिए ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दिपक यादबले होली पर्बले  सम्पुर्ण समुदायबीचको एकतालाई कायम राखेको बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य अम्बिका बिश्वकर्मा , गुलाब यादव ,धनुषाधाम नगरपालिका -४ निर्वाचित वडा अध्यक्ष मनोज यादब,  अन्य धेरैको सहभागीता रहेको थियो । कार्यक्रमको संचालक नगर कमिटीका सचिव  उदय यादवले गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष मनोज  यादवले होली मिलन तथा शुभकामना अदानप्रदान  कार्यक्रममा सम्पुर्ण  समुदाय मिलेर खुशी साटासाट गरे जस्तै वडाको बिकाशमा पनि सम्पुर्ण  समुदाय तथा सबै दल एकआपसमा मिलेर अघि बढनुपर्ने बताएका थिए  । नेकपा माओवादी केन्द्र धनुषाधाम नगरपालिका नगर कमिटीका पदाधिकारी , प्रतियाशी उम्मेदवारहरु लगायत विभिन्न तहका नेता कार्यक्रताहरुको उपस्तिथि रहेको उक्त कार्यक्रममा  स्थानीय भद्र भलादमीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version