Home समाचार सोनमा गाउँपालिका शिक्षा शाखाद्वारा आयोजित सांस्कृतिक कार्यक्रम सम्पन्न

सोनमा गाउँपालिका शिक्षा शाखाद्वारा आयोजित सांस्कृतिक कार्यक्रम सम्पन्न

0

धर्मेन्द्र कुमार यादव
महोत्तरी , असार १९ गते ।

महोत्तरीको सोनमा गाउँपालिका शिक्षा शाखाद्वारा आयोजित सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

सम्पन्न प्रतियोगितामा प्रा.वि.को गायन तर्फ मा.वि सोनमा प्रथम, आधारभूत विद्यालय सोनमा दोस्रो, आधारभूत विद्यालय गोबरहिया तेस्रो तथा आ.वि खेस्राहा चौथो भएका छन । त्यस्तै मा.वि. गायन तर्फ मा.वि. सिहासनी प्रथम, आ.वि खेस्राहा दोस्रो, मा.वि. सुन्दर पुर तेस्रो तथा मा.वि सोनमा चौथो भएका छन् ।
यस्तै प्रा.वि. तह नृत्य तर्फ आधारभूत सोनमा प्रथम, आधारभूत वि. शिवनगर दोस्रो, आ.वि. खेस्राहा तेस्रो, मा.वि. खखना साताैं भएका छन्। मा.वि नृत्य तर्फ मा.वि. सोनमा प्रथम, आधारभुत विद्यालय शिवनगर दोस्रो, मा.वि. खैरबनी तेस्रो र मा.वि. खखना चौथो भएका छन् ।


त्यस्तै प्रा.वि हाजिरी जवाफ प्रतियोगिता तर्फ पंकज इ.बो स्कूल खखना प्रथम, आ.वि गोबरहिया दोस्रो, मा.वि. सुन्दरपुर तेस्रो र आ.वि. मगर थाना चौथो भएका छन् । त्यस्तै मा.वि. हाजिरी जवाफ प्रतियोगिता तर्फ मा.वि. खखना प्रथम, मा.वि. सोनमा दोस्रो, मा.वि. खैरबनी तेस्रो र मा.वि.सुन्दर पुर चौथो भएका छन् ।
कार्यक्रमा शिक्षा शाखाद्वारा समय–समयमा संचालन गरिएको हाजिरी जवाव प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान ल्याउनेलाई कप, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । प्रतियोगितामा कक्षा १ देखी कक्षा ५ सम्म र कक्षा ६ देखि कक्षा १० सम्म छुट्टाछुटै छात्र–छात्राहरु सहभागी भएका थिए ।

 

गायन तथा नृत्य प्रतियोगितामा सोनमा गाउँपालिकाका कृषि प्रमुख बिभा कुमारी, आइटी शुनिल कुमार यादव र पशु प्रमुख यदुन यादव निर्णायकको रुपमा रहेको थियो ।
कार्यक्रम शिक्षा संयोजक राजकुमार साहको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा प्रमुख अतिथीको रुपमा सोनमा गाउँपालिका अध्यक्ष बिशेश्वर प्रसाद यादव, उपाध्यक्ष जहिदा खातुन, वडा नं ३ का वडा अध्यक्ष प्रमोद सहनी, ५ का वडा अध्यक्ष दिलकुमार यादव, २ का वडा अध्यक्ष राम जीवन यादव, ४ का वडा अध्यक्ष मिठु यादव, नेपाल शिक्षक महासंघ सोनमा गाउपालिका अध्यक्ष रमेश कुमार यादव, उपाध्यक्ष धर्मेन्द्र कुमार यादव, शिक्षक फोरमका जिल्ला अध्यक्ष कौशल कुमार यादव, बरिष्ट प्र.अ लालबाबु यादव, नेपाल शिक्षक संघका पालिका अध्यक्ष दायाराम यादव लगायत विभिन्न बिद्यालयका प्रधानाध्यापक तथा शिकहहरुको उपस्थिती रहेको थियो ।

कला र सांस्कृतिलाई जिवित राख्न सोनमा गाउँपालिकाले प्रत्येक बर्ष सांस्कृतिक कार्यक्रम गर्दै आएको छ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version