Home समाचार मधेश प्रदेश : वीरगञ्जको मेयरमा एमालेबाट सरावगी सर्वसम्मत सिफारिस

मधेश प्रदेश : वीरगञ्जको मेयरमा एमालेबाट सरावगी सर्वसम्मत सिफारिस

0
 चैत ३०, वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिकाको मेयरको उम्मेदवारका लागि नेकपा एमालेले वर्तमान मेयर विजय सरावगीको नाम सिफारिस गरेको छ ।

बुधबार बसेको एमालेको वीरगञ्ज महानगरपालिका कमिटीको बैठकले सरावगीलाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको महानगर कमिटीक उपाध्यक्ष महेश दासले जानकारी दिए ।

बुधबारको बैठकमा महानगर कमिटीका सचिव सुन्दरकुर्मीले सरावगीलाई उम्मेदवारको रुपमा सिफारिस गरेका थिए भने उपाध्यक्ष दासले समर्थन गरेका थिए ।

मेयर सरावगी गत महिना नेकपा एमालेमा प्रवेश गरेका थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा भने उनी तत्कालिन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version