Home समाचार अन्तर्राष्ट्रिय रुसलाई राष्ट्र सङ्घको सुरक्षा परिषदबाट हटाउन युक्रेनका राष्ट्रपति जेलेन्स्कीको माग

रुसलाई राष्ट्र सङ्घको सुरक्षा परिषदबाट हटाउन युक्रेनका राष्ट्रपति जेलेन्स्कीको माग

0

एजेन्सी

रुसले युक्रेनको बुचा नगरमा युद्ध अपराध गरेको आरोपपछि अमेरिका र युरोपेली सङ्घले रुसमाथि थप प्रतिबन्ध घोषणाको तयारी गरेका छन् ।

ह्वाइट हाउसका प्रवक्ता जेन साकीले अमेरिकाले रुसमा नयाँ लगानीमाथि प्रतिबन्ध लगाउने साथै रुसी वित्तीय संस्था, अधिकारी र तीनका परिवारमाथि थप प्रतिबन्ध घोषणा गर्ने बताउनुभएको छ । वासिङ्टनले रुसको सबैभन्दा ठूलो ब्याङ्कमाथि पनि थप प्रतिबन्ध लगाउने तयारी गरेको वाल स्ट्रिट जर्नलले उल्लेख गरेको छ ।

बुचामा तीन सयभन्दा धेरै नागरिकलाई यातना दिएको युक्रेनको दाबी छ । तर रुसले यो आरोपलाई अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई राष्ट्र सङ्घको सुरक्षा परिषदबाट हटाउन माग गर्नुभएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेयता जेलेन्स्कीले पहिलो पटक राष्ट्र सङ्घको सुरक्षा परिषदमा सम्बाेधन गर्दै रुसलाई सुरक्षा परिषदबाट हटाउन माग गर्नुभएको हो ।

अमेरिकाले रुसलाई राष्ट्र सङ्घको मानवअधिकार परिषदबाट हटाइनुपर्ने माग दोहोर्‍याएकाे छ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version