Home अपराध धनुषाबाट लागूऔषधसहित गुरमैता पक्राउ

धनुषाबाट लागूऔषधसहित गुरमैता पक्राउ

0


चैत २३  ,जनकपुरधाम ।

 

धनुषाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका वडा नम्बर ५ स्थित भलुवाहा बस्ने २३ वर्षीय पंकज कुमार गुरमैता रहेका छन् ।

गुरमैताको साथबाट ४९ थान एक सय एमएलको डाइलेक्स डिसि नामक प्रतिबन्धित लागू औषध फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

मंगलबार राति धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ स्थित बल्हागोठस्थित सीमा ईलाकामा बीओपी खजुरीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको ज९प ७७६ नम्बरको मोटरसाइकलसहित लागू औषध बरामद भएको थियो ।

गुरमैतामाथि थप अनुसन्धान भइरहेको र आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलो बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version