२० चैत , काठमाडौँ — भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रमणको तेस्रो दिन भारतको वाराणसीस्थित काशी विश्वनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् । आइतबार बिहानै भारतको धार्मिक नगरी वाराणसी पुगेका प्रधानमन्त्री देेउवासहितको टोलीले काशी विश्वनाथ मन्दिरमा पूजाअर्चना गरेका हुन् ।
वाराणसीस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायत उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।साथै प्रधानमन्त्री देउवाले वाराणसीकै समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर पूजाअर्चनासमेत गरेका छन् । प्रधानमन्त्री देउवा आइतबार अपराह्न वाराणसीबाट नयाँदिल्लीका लागि प्रस्थान गर्ने र साँझ नयाँदिल्लीबाट काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ ।