Home समाचार जनकपुरबाट चुरे अभियानका ३९ नेताकार्यकर्ता पक्राउ

जनकपुरबाट चुरे अभियानका ३९ नेताकार्यकर्ता पक्राउ

0

१४ चैत , जनकपुरधाम ।

मधेशको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय छिर्न खोज्दा चुरे तथा वन जंगल संरक्षण अभियान धनुषाका ३९ जना नेताकार्यकर्ता पक्राउ परेका छन् ।
चुरे संरक्षण र सुकुम्बासी समस्यासंग समबन्धित मधेश प्रदेश सरकारले अभियानसंग गरेको सात बुँदे सम्झौता कार्यान्वयन नगरेको भन्दै उनीहरु आन्दोलनमा उत्रेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा निषेधाज्ञा तोडर भित्र प्रवेश गर्न खोज्दा ३९ जना अभियानीलाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जनाए ।
उनीहरुलाई जिल्ला प्रहरीको हिरासतमा राखिएको छ ।

६ महिना अघि अभियानका नेताकार्यकर्ता जनकपुरमा विभिन्न मागसहित आमरण अनशन बस्दा मधेश सरकारले ७ बुँदे सम्झौत गरेको थियो । तर कार्यान्वयन भने नगरेको अभियानको आरोप छ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version