Home समाचार कैलालीबाट बालिका बलात्कार गरेको आरोपमा २ वृद्ध पक्राउ

कैलालीबाट बालिका बलात्कार गरेको आरोपमा २ वृद्ध पक्राउ

0

१४ चैत, धनगढी । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई बालिका बलात्कार गरेको आरोपमा दुई जना वृद्ध पक्राउ परेका छन् ।

चुुरे गाउँपालिका र घोडाघोडी नगरपालिकामा दुई जना ११/११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले दुई जना वृद्धलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

चुरे गाउँपालिकाकीे बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षीय तिलक शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बताए ।

शनिबार जंगलमा गोठालो गएका बेला शाहले बालिकालाई करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको डीएसपी जोशीले जानकारी दिए ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version