Home समाचार स्रोत नखुलेको ५५ लाख नगद सहित महोत्तरीबाट यादव र सहनी पक्राउ

स्रोत नखुलेको ५५ लाख नगद सहित महोत्तरीबाट यादव र सहनी पक्राउ

0

स्रोत नखुलेको ५५ लाख नगद सहित महोत्तरीबाट दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा औरही नगरपालिका वडा नं. २ चेपकटका अन्दाजी २० वर्षीय धिरज कुमार यादव र रमेश कुमार सहनी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

औरही नगरपालिका १ स्थित जलेश्वर–रामगोपालपुर–बर्दिवास सडक खण्डमा ज ९ प ८२४७ नम्बरको मोटरसाईकलमा सवार दुईजनाले बोकेको ५५ लाख नेपाली रुपैयाँको स्रोत खुलाउन नसकेपछि दुबैजनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता विष्टले बताए ।

पक्राउ पर्नेले पैसा कहाँबाट र कुन प्रयोजनको लागि ल्याएको नखुलाएकोले थप अनुसन्धान समेत भैरहेको प्रवक्ता विष्टले बताए ।

पक्राउ परेका दुबैजनालाई जलेश्वर भन्सार कार्यालय बुझाएको हो ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version