Home समाचार महिला अशिक्षित र सचेत नभएकै कारणले प्रजनन स्वास्थ्य सम्बन्धी समस्याबाट ग्रसितःमन्त्री सिंह 

महिला अशिक्षित र सचेत नभएकै कारणले प्रजनन स्वास्थ्य सम्बन्धी समस्याबाट ग्रसितःमन्त्री सिंह 

0

चैत्र १३ गत्ते,जनकपुरधाम ।

महिला अशिक्षित भएकै कारणले प्रजनन स्वास्थ्य सम्बन्धी समस्याबाट ग्रसित रहेको मधेश प्रदेशको महिला,बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहले बताएका छन ।
सातवटै प्रदेश मध्ये मधेश प्रदेश अविकसित तथा अशिक्षित प्रदेश रहेकै कारण महिलाहरु विभिन्न समस्याबाट ग्रसित रहेको मन्त्री सिंहले बताएका हुन ।
उनले महिला अशिक्षित तथा सचेत नभएकै कारणले प्रजनन स्वास्थ्य सम्बन्धी समस्या ,महिला हिंसा लगायतका समस्याबाट ग्रसित रहेको बताए ।जनकपुरमा आयोजित  एक कार्यक्रम ‘विपदको समयमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका सवालमा प्रदेश स्तरिय गोष्ठीमा’ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मन्त्री सिंहले भने मूल कारण नै प्रजनन सम्बन्धी ज्ञान नहुनु नै हो तसर्थ महिला शिक्षामा जोड दिनुपर्ने महसुस गरे ।
साथै उनले भने प्रदेश सरकारले कुनै पनि नीति नियम बनाउँदा सरोकारवालाहरु सँग छलफल नगरेको पनि देखियो ।

कार्यक्रमको विशिष्ट अतिथि लोसपाका प्रमुख सचेतक प्रमेश्वर साहले यौनजन्य अपराध या यौनहिंसाका बारेमा कानुन बनाउने काम संसदको भएपनि कानून कार्यान्वय गर्ने काम त कार्यपालिका र सरकारको रहेको बताए । सरकार माथि आक्रोश व्यक्त गर्दै प्रदेश सभा सदस्य समेत रहेका साहले भने कानूनलाई व्यवहारमा कार्यान्वयन गराउने निकाय सरकार नै मुकदर्शक भएपछि कसको के लाग्छ भन्दै प्रतिप्रशन गरे । उनले हामी भनेको कानून बनाउने ,बजेट पास गर्ने र खबरदारी गर्ने भुमिकामा छौं सरकारलाई यस्ता गम्भिर विषयमा आजैदेखि प्रतिबद्ध हुनुपर्ने सुझाव दिए ।
महिला मानव अधिकार रक्षक सञ्जालकी  अध्यक्ष श्याम साहको अध्यक्षतामा समपन्न कार्यक्रममा ओरेक नेपालकी  संस्थापक तथा वर्तमान अध्यक्ष डाक्टर रेणु भण्डारीले  विपदको समयमा यौन तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धी स्पष्ट पारेकि थिइन ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version