Home समाचार सर्लाहीको फुलजोर खोलामा यात्रुबाहक बस खस्दा ४ जनाको मृत्यु

सर्लाहीको फुलजोर खोलामा यात्रुबाहक बस खस्दा ४ जनाको मृत्यु

0
१३ चैत ,सर्लाही।

सर्लाहीमा बस खोलामा खस्दा चारजनाको मृत्यु भएको छ ।

आइतवार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा यात्रुबाहक बस पल्टिँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएका छन् ।

बसमा सवार २५ जनाभन्दा बढी यात्रु घाइते भएको प्रारम्भिक जानकारी आएको छ ।

वीरगन्जबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस फुलजोर खोलाको बार भत्काउँदै खोलामा खस्दा दुर्घटना भएको हो ।

गुडिरहेको बस एक्कासि खोलामा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख केदारमान दोङले बताए । दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुल्न सकेको छैन । मृतकहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको र दुर्घटनामा घाइते भएकाहरुको लालबन्दीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

प्रहरी निरीक्षक दोङले दुर्घटनाबारे यकिन विवरण संकलनको काम भइरहेको जानकारी दिए ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version