Home बिशेष खबर सिरहामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री यादवलाई कालो झण्डा देखाउने जनमतका दुई...

सिरहामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री यादवलाई कालो झण्डा देखाउने जनमतका दुई कार्यकर्ता कुटिए

0

 

१२ चैत ,जनकपुरधाम ।

सिरहामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई कालो झण्डा देखाउने क्रममा जनमत पार्टीका दुई कार्यकर्ता जसपाका कार्यकताबाट कुटिएका छन् ।
जनमत पार्टीका सिरहा तथा किसान आन्दोलन संघर्ष समिति सिरहाका कोषाध्यक्ष रञ्जित साह, र जनम कार्यकर्ता सन्तोष यादव जसपाको कार्यकर्ताको आक्रमणमा घाइते भएका हुन् । दुबैजनाको स्थानीय स्तरमा उपचार भइरहेको छ ।

शुक्रबार मिर्चैया कल्याणपुर सिरहा सडक खण्डलाई शिलान्यास गर्न पुगेकी मन्त्री यादवलाई कल्याणपुरमा कालो झण्डा देखाउने क्रममा दुबैजना माथ सांघातिक आक्रमण भएको जनमतका नेता विपी साहले बताए ।
लोकतन्त्रमा शान्तिपूर्ण रुपमा कालो झण्डा देखाउने क्रममा जसपा नेताकार्यकर्ताले आक्रमण गर्नु खेदजनक रहेको उनको भनाइ छ ।

‘लोकतन्त्रमा शान्तिपूर्ण रुपमा कालो झण्डा देखाएर विरोध गर्न जनताको अधिकार हो । के उपेन्द्र यादवको पार्टी जसपाले गुण्डाराज कायम गर्न खोजेका हुन् ?’ उनले प्रश्न गर्दै भने ‘यदि लोकतन्त्र हो भने आक्रमण गर्नेमाथि कारबाही हुनुपर्छ भन्ने जनमत पार्टी जोडदार माग गर्दछ ।’
अन्य जिल्लाहरुमा जसपाले यस्तो गतिविधि गरे झडपको अवस्था सृजना हुन सक्ने भएकाले दोषीमाथि कारबाहीको पार्टीले माग गरेको साहले बताए ।

कल्याणपुरमा मन्त्री यादवसहित जसपा नेता प्रतिनिधिसभा सदस्य राजकिशोर यादव र प्रदेशसभा सदस्य सुरेश मण्डल संयुक्तरुपमा सडकको शिलान्यास गरेका थिए ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version