Home समाचार बुधबार बोलाइएको मधेश प्रदेश सभाको बैठक स्थगित

बुधबार बोलाइएको मधेश प्रदेश सभाको बैठक स्थगित

0

जनकपुरधाम, चैत ९ गते ।

आज (बुधबार)को लागि डाकिएको मधेश प्रदेशसभा बैठक फेरि स्थगित भएको छ ।

बुधबार दिउँसो १ बजे बोलाइएको बैठक प्रदेशसभाले एकदिन अघि मंगबार सूचनान प्रकाशन गरि स्थगित गरेको हो ।

स्थगित बैठक चैत ११ गते शुक्रबार २ बजेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

पछिल्लो चार पटक प्रदेश सभा बैठक नबसिकन स्थगित हुँदै आएको छ ।

यस अघि फागुन २२ गते बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै विशेष कारणवस बैठक स्थगित भएको जनाएको छ।

प्रदेशसभाको बैठक फागुन १, १० र २२ गते बोलाइएको बैठक स्थगित गरिएको थियो।

फागुन १ गते जनयुद्ध दिवस मनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम आएका थिए भने १० गते बोलाइएको बैठकको समय सभामुख सरोज कुमार यादव सभामुखहरुको सम्मेलनमा पोखरा गएका थिए ।

फागुन २२ गते बोलाइएको बैठक लनेपाली कांग्रेसको अधिवेशन चलिरहेको र गण्डकी प्रदेशका मुख्यमन्त्रीलगायतका व्यक्तिहरु मधेश प्रदेशको भ्रमणको क्रममा रहेकाले स्थगित गरिएको थियो ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version