८ चैत, काठमाडौं । जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहले पीडित नाबालिका हुन् भन्ने आफूलाई थाहा भएको बयान दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय, तनहुँले गरेको अनुसन्धानका क्रममा सरकारी वकिलसमक्ष बयान दिँदै उनले पीडित १८ वर्षभन्दा कम उमेरको भएको थाहा भएको उल्लेख गरेका हुन् ।
घटना भएको भनिएको दिन आफू पीडित सुतेको कोठामा गएर ढोका धकेलेर भित्र पसेको उनले स्वीकारेका अभियोगपत्रमा उल्लेख छ । तर वियर खान दिएर फेसवास लिएर कोठामा गई कमल खत्रीसँग सुतेको भनेका छन् । पीडितले २०७८ सालको जेठ महिना अन्तिमतिर फोन गरेर आफूहरुको सम्बन्धबारे अरुले थाहा पाएको बताएको उनले भनेका छन् ।
शाहविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँले मंगलबार जबर्जस्ती करणीको मुद्दा दर्ता गराएको छ । र, १२ देखि १४ वर्ष सजाय माग दाबी गरेको छ ।