Home समाचार राजनिति गठबन्धनले न्यायालयलाई दवाव र प्रभावमा पार्‍यो : ओली

गठबन्धनले न्यायालयलाई दवाव र प्रभावमा पार्‍यो : ओली

0

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले न्यायालयलाई दवावमा राख्ने प्रयास भएको भन्दै आपत्ति जनाएका छन् । सोमबार एमाले पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले नेपालको न्यायालय मान पदवीसँग साटिन थालेकाले त्यसको सन्देश राम्रो नगएको बताए ।

‘हामी मर्यादित, स्वच्छ, प्रभावकारी र जनताले विश्वास गर्ने न्यायालय चाहान्छौँ’, अध्यक्ष ओलीको भनाइ छ ।   सर्वोच्च अदालत साच्चै सम्मानित हुन सकोस् भन्ने पक्षमा एमाले रहेपनि सत्ता गठबन्धनले न्यायालयलाई दवावमा राख्दै प्रहार गरिरहेको ओलीको आरोप छ ।

‘हामी आफ्ना स्वार्थका लागि अदालतलाई गठबन्धनको जस्तो प्रहार गर्न चाहँदैनौ’, अध्यक्ष ओलीले पूर्व प्रधानन्यायाधीश शुशीला कार्कीमाथिको महाभियोगको चर्चा गर्दै वर्तमान सरकारले अनौठो तरिकाले गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणामाथि महाभियोग दर्ता गरेको बताए । उनले एमालेले कारवाही गरेका १४ सांसदको मुद्दा हार्ने अवस्था आएपछि प्रधानन्यायाधीश राणामाथि महाभियोग लगाइएको बताए ।

‘यसपटक सरकार परिवर्तनको सात महिनापछि अनौठो ढंगले हाम्रो पार्टीले कारवाही गरेका १४ जनाको मुद्दा पेसीमा चढ्दैछ भनेपछि सत्ता गठबन्धनले प्रधानन्यायाधीशलाई महाअभियोग नलगाए मुद्दा हारिन्छ भनेर महाभियोग लगाए’, अध्यक्ष ओलीको भनाइ छ ।

उनले न्यायालयलाई अझैपनि दवावमा राख्ने प्रयास भएको भन्दै न्यायालय दवाव र प्रलोभनमा पर्न नहुने बताए । मान पदवीसँग न्यायालय साटिने गरेको र व्यक्ति विशेषको पक्षपोषणमा न्यायालय लाग्ने हो भने गरिमा,ओज र विश्वसनीयता नरहने ओलीको भनाइ छ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version