Home समाचार राजनिति तमलोपाले मधेस प्रदेशका ८ वटै जिल्लामा उम्मेदवारी दिने

तमलोपाले मधेस प्रदेशका ८ वटै जिल्लामा उम्मेदवारी दिने

0

लोकतान्त्रिक समाजवादी पार्टीबाट अलग भएर वृषेशचन्द्र लाल नेतृत्वमा गठन भएको तराई मधेस लोकतान्त्रिक पार्टी मधेस प्रदेशमा स्थानीय तहको निर्वाचनमा भाग लिने भएको छ । मधेस प्रदेशको ८ वटै जिल्लामा स्थानीय तह निर्वाचनमा भाग लिने भन्दै तमलोपाले विभिन्न जिल्ला स्थित निर्वाचन कार्यालयमा दल दर्ता गराएको छ ।

 निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि जिल्लाहरूमा दल दर्ता गराउनुपर्ने समयसीमा ६ चैतसम्म दिएको थियो । सोही अनुसार तमलोपाले मधेस प्रदेशका ८ वटै जिल्लामा दल दर्ता प्रक्रिया कार्य भएको केन्द्रीय सदस्य उमेश मण्डलले जानकारी दिए । केन्द्रीय सदस्य मण्डलले भने, ‘स्थानीय तहको निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता खुलाएको र सोही समयसीमा भित्र दल दर्ता मधेसको ८ वटै जिल्लामा गरिसकेका छौँ ।’
राजनीतिक दलसम्बन्धी ऐन, २०७३, राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानुन बमोजिमका प्रावधान पालना गर्ने सर्तमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ बमोजिम दल दर्ता गरिएको उनले बताए । केन्द्रीय सदस्य मण्डलले तमलोपाले कलश चुनाव चिन्हबाट मधेस प्रदेशको ८ वटै जिल्लामा स्थानीय तहको निर्वाचनमा भाग लिने सुनिश्चितता कायम भएको भन्दै खुसी समेत व्यक्त गरे । रातोपातीबाट

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version