Home समाचार यस वर्षको महामूर्ख डा. भोगेन्द्र झा

यस वर्षको महामूर्ख डा. भोगेन्द्र झा

0

जनकपुरधाम, चैत ४ गते ।

यसवर्षको महामूर्ख मधेश प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा बनेका छन् ।

होली पर्वको अवसरमा मिथिला नाट्यकला परिषद (मिनाप)ले यस वर्ष ‘महामूर्ख’को उपाधि डा. झालाई प्रदान गरेको हो ।

त्यसैगरी प्रदेश सभा सदस्य मञ्जु यादवलाई अदल बदली, नेपाली कांग्रेसका नगर उपसभापति राकेश बिक्रम साहलाई टिटही, मिथिला चित्रकार मनिषा साहलाई गन्हकी, मिथिला वाइल्डलाईफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डललाई हराशंख, नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झालाई दिलतोरियाको उपाधि दिइएको छ ।

यस्तै अधिवक्ता सुदीप कोइरालालाई गोबर गणेश, गिद्धाबेलापट्टी विद्यालयका प्रधानाध्यापक पवन मण्डललाई डपोर शंख, वरिष्ठ कलाकार रामरेखा पण्डितलाई बज्रकिट, जनकपुरधाममा मिथिला चित्रकलालाई शुरुवात गरेकी मिथिलेश्वरी कर्णलाई लालबुझकड, व्यवसायी अभिशेष चौधरीलाई बोतलानन्द र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्यायलाई बैशाखनन्दनको उपाधि दिइएको छ ।

उपाधि मधेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, उद्योग पर्यटन तथा वनमन्त्री सत्रुधन महतो, मिनापका अध्यक्ष परमेश झा लगायतले उपाधि हस्तान्तरण गरेका थिए ।

होली पर्वको अवसरमा प्रत्येक वर्ष मिनापले भाषा, संस्कृति, कला, सामाजिक रुपान्तरण, राजनीति जस्ता क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई व्यंग्यात्मक स्वरुपम महामुर्खसहित मुर्खको उपाधि दिएर सम्मान गर्दै आएको छ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version