Home मनोरन्जन ताजा समाचार नेपालमा अमेरिकी सेना आउने कुरा भ्रम : गृह मन्त्री खाण

नेपालमा अमेरिकी सेना आउने कुरा भ्रम : गृह मन्त्री खाण

0

रासस– गृह मन्त्री बालकृष्ण खाणले एमसीसी परियोजनाअन्तर्गत नेपालमा अमेरिकी सेना आउने कुरा भ्रम भएको बताउनुभएको छ । अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना आउने भ्रम रहेको भन्दै उहाँले कुनै पनि देशको सेना आए आफू अग्रपङ्क्तिमा बसेर लड्नसमेत तयार रहेको बताउनुभयो ।

कपिलवस्तुको वाणगङ्गा नगरपालिका जितपुरमा १२ औँ कपिलवस्तु महोत्सवको उद्घाटन कार्यक्रममा गृह मन्त्री खाणले एमसीसी परियोजना विद्युत् र सडकको परियोजना रहेको स्पष्ट गर्नुभयो ।

उहाँले जलस्रोतको धनी देश नेपालमा ठूला र साना गरी ६ हजार नदी भए पनि पूर्णरूपमा जलविद्युत् उत्पादन गर्न नसकेको बताउनुभयो । ‘वर्षायाममा धेरै विद्युत् उत्पादन भइ खेर जाने समस्या छ, हिउँदमा नपुगेर भारतबाट ल्याउनुपरेको छ’, उहाँले भन्नुभयो, ‘नेपालमा उत्पादन भएको विद्युत् बाहिर बिक्री गर्न सकिए व्यापार घाटा कम हुन्छ ।’

उहाँले सरकार व्यवसायीमैत्री रहेको हुँदा उद्योग व्यवसायीको समस्यामा सहयोग गर्ने सरकारको दायित्व रहेको बताउनुभयो । सरकार र जनता एउटै सिक्काको दुई पाटो रहेको जनाउँदै उहाँले सबैलाई सहयोग गर्ने विश्वास साट्न चाहेको बताउनुभयो । कपिलवस्तु महोत्सव चैत १३ सम्म चल्नेछ

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version