Home समाचार कोभिड नेपाल: कोरोनाभाइरस सङ्क्रमण दरमा कमी तर ‘उच्च जोखिम कायम’

कोभिड नेपाल: कोरोनाभाइरस सङ्क्रमण दरमा कमी तर ‘उच्च जोखिम कायम’

0

नेपालमा विगत २४ घण्टामा थप ६,६३७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा ७,५५५ जना सङ्क्रमणमुक्त भएको बुधवारको तथ्याङ्कले देखाएको छ।

अहिलेको वृद्धिसँगै देशभरि भएका पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ६९,२९१ रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

केही दिनअघि देशभरि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार नाघेको थियो। दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटेको तथा पहिला फेला परेका सङ्क्रमित निको हुने क्रम बढेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घटेको हो।

“गत साताभन्दा यो साता ११.८ प्रतिशतले कमी आएको भए पनि अझै सङ्क्रमण दर ३४ प्रतिशत रहेको छ,” मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले बताइन्।

मन्त्रालयले प्रकाशित गरेको विवरणअनुसार अहिले काठमाण्डू उपत्यकाका तीन जिल्लामा १,१२३ सङ्क्रमित फेला परेका छन्। अरू सङ्क्रमित विभिन्न जिल्लमा भेटिएका हुन्।

तीमध्ये ८६८ काठमाण्डू जिल्लाका, ८५ भक्तपुर जिल्ला र १७० ललितपुर जिल्लाका हुन्।

अहिले काठमाण्डूमा मात्र ५०० भन्दा बढी सङ्क्रमित र दुई वटा जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित छन्।

तर सामान्य लक्षण देखिएका मानिस नगएकाले सङ्क्रमितको सङ्ख्या सरकारी तथ्याङ्कभन्दा बढी भएको विज्ञहरूको भनाइ छ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version