Home समाचार कोभिड नेपाल: थपिए ४,९०४ सङ्क्रमित, तेस्रो लहर ओरालो लागेको हो?

कोभिड नेपाल: थपिए ४,९०४ सङ्क्रमित, तेस्रो लहर ओरालो लागेको हो?

0

पछिल्लो साता निरन्तर ओरालो लागिरहेको कोरोनाभाइरसको सङ्क्रमण दर शनिवार माघ १ गते नजिककै अवस्थामा झरेको छ।

तर परीक्षण पनि घटेका कारण सङ्क्रमण घट्दै गएको भनेर ढुक्क हुन सकिने अवस्था अझै नआइसकेको अधिकारीहरूले बताएका छन्।

अघिल्लो साताको अन्त्यमा परीक्षण गराउनेमध्ये आधा भन्दा बढीमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो। तर यो साताको अन्त्यमा सङ्क्रमण दर घटेर परीक्षण गराउनेमध्ये एक तिहाइ भन्दा कममा सङ्क्रमण पुष्टि भएको छ।

माघ १ गते ३१.८ प्रतिशत रहेको सङ्क्रमण दर त्यसयता निरन्तर बढेर माघ ८ गते ५०.८ प्रतिशतसम्म पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

माघ १० गतेपछि भने निरन्तर घट्दै गएको सङ्क्रमण दर शनिवार ३३.७ प्रतिशतमा झरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार सङ्क्रमित हुनेहरूको सङ्ख्या पनि केही दिनयता घट्दै गइरहेको देखिन्छ।

माघ ११ गते १२,००८ नयाँ सङ्क्रमित पुष्टि भएयता नयाँ सङ्क्रमितहरूको सङ्ख्या निरन्तर घटिरहेको तथ्याङ्क छ।

आइतवार ४,९०४ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमित भन्दा निको हुनेको सङ्ख्या बढी छ। यो अवधिमा ५,९२४ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version